
सर्बिया र ग्रीस पठाइदिने भन्दै ३६ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं — वैदेशिक रोजगारीका लागि सर्बिया र ग्रीस पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर महानगरपालिका–८ घर भएकी ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं–२६ बस्ने पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ निवासी ३० वर्षीय नारायण लाम्ताङगे रहेका छन्।
सजुले सर्बिया पठाइदिने भन्दै तीनजना पीडितहरूबाट २० लाख रुपैयाँ लिएकी थिइन् भने नारायणले ग्रीस पठाइदिने बहानामा एकजनाबाट १६ लाख ५० हजार रुपैयाँ असुली पछि सम्पर्कबिहीन भएका थिए।
पीडितहरूबाट प्राप्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं–१६ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ठगी आरोपमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



कागजपत्र |
