
राप्रपाका प्रवक्ता सगुन लावती पदमुक्त
काठमाडाैं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाएका छन्। लिङ्देनले बुधबार लावतीलाई पदमुक्त गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनीत गरेका हुन्।
पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ता पदबाट हटाई कार्कीलाई नयाँ जिम्मेवारी दिएका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय नदेखिएको आरोप लाग्दै आएको थियो।



कागजपत्र |
