
त्रिविको उपकुलपतिमा प्रा.डा. अर्याल नियुक्त
काठमाडाैं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् ।
बुधबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिविको उपकुलपतिमा प्रा. डा. अर्याललाई नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले २३ असारमा प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. दीपक अर्यालको नाम सिफारिस गरेको थियो ।
उपकुलपति प्रा. डा. केशरजंग बरालले दिएको राजीनामा गत २८ चैतमा स्वीकृत भएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले गत ३१ चैतमा शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।



कागजपत्र |
