
जंगली च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी
हुम्ला– जाजरकोटको नलगाड नगरपालिकामा एउटै परिवारका तीन जनाले विषालु च्याउ खाएपछि बिरामी परेका छन्।
नलगाड–४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षका छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह विषालु च्याउ खाँदा बिरामी भएका हुन्।
सलघारी जंगलबाट टिपेर ल्याइएको विषालु च्याउ खाएको छिमेकी नवराज शर्माले जानकारी दिएका छन्।
उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताए।
बर्खाको समयमा च्याउ नखान चिकित्सकहरूले विशेष सुझाव दिएका छन्।



कागजपत्र |
