रोजगारीका लागि माल्टामा रहेका नेपालीको समुद्रमा डुबेर मृत्यु


काठमाडौं- रोजगारीको लागि माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) समुद्रमा डुबेर मृत्यु भएका छन्।

गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए अनुसार, स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बीच साइडमा पौडी खेल्ने क्रममा न्यौपाने डुबेर मृत्यु भएको हो। उनी हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका थिए र विगत २० महिनादेखि माल्टामा काम गरिरहेका थिए।

उनको पार्थिव शरीर नेपाल ल्याउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग संकलन सुरु गरिएको जनाइएको छ।

प्रतिक्रिया