
टोखामा गाडीको ठक्करबाट पठाओ चालकको मृत्यु
काठमाडौं- काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी सडक खण्डमा माइक्रोबसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
टोखा निवासी २४ वर्षीय सोनाम योञ्जनलाई बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटर चलाउँदा बा.प्र–०१ ०२ ज ७३७८ नम्बरको ईभी माइक्रोबसले ठक्कर दिएको थियो। ठक्कर लागेपछि उनी घाइते भएर मृत्यु भएका हुन्।
पठाओ चालक रहेका सोनाम योञ्जन सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भएका र हाल थलीमा बस्दै आएका थिए। उनको शव अहिले ग्राण्डी अस्पतालमा राखिएको छ।



कागजपत्र |
