प्रहरी हुँ भन्दै पैसा माग्दै हिँड्ने दुईजना धनगढीबाट पक्राउ


कैलाली – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका—५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।

उनीहरुले धनगढी उपमहानगरपालिका—८ का व्यापारीलाई ‘म प्रहरी हुँ’ भन्दै पैसा उठाउँदै हिँडेका थिए ।

उनीहरुले कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेकोले विशेष सूचनाका आधारमा उनीहरुलाई व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा नगदसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया