सीडीएससीले माफी माग्दै इकोग्नीटोबाट मेरो शेयर खोल्न आग्रह


काठमाडौँ – मेरो शेयरमा समस्या आएपछि अनलाइनमार्फत शेयर कारोबार गर्ने लगानीकर्ताहरू प्रभावित भएका छन् ।

लगानीकर्ताहरू प्रभावित भएपछि सीडीएससीले माफी मागेको छ । मर्मतको काम भइरहेको भन्दै सीडीएससीले मेरो शेयरमा अझै केही दिन समस्या देखिन सक्ने समेत बताएको छ ।

उसले लगानीकर्ताहरूलाई धैर्यताका साथ मेरो शेयर प्रयोग गर्न समेत भनेको छ । उसले प्राइभेट विन्डो वा इकोग्नीटोमार्फत मेरो शेयर लगइन गर्न समेत सुझाव दिएको छ ।

कसरी गर्ने प्रयोग गर्ने प्राइभेट विन्डो तथा इकोग्नीटो ?

इन्कोग्निटो विन्डो खाेल्न  गुगल क्रोम वेवसाइट खोल्ने त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देखिनेछ ।

त्यहाँ क्लिक गरेर न्यू इन्कोग्निटो विन्डो हेर्न सकिनेछ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गरेमा इन्कोग्निटो विन्डो खुल्छ ।

दोस्रो तरिका भनेको तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो सेयर प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया