
बौद्धबाट स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं- काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा स्रोत नखुलेको रकमसहित आर्थिक कारोबार गरिरहेको अवस्थामा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जीयान हुन्। सोमबार विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनलाई एक करोड ४४ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनी स्वयम्भूमा भाडामा बस्दै आएका थिए। उनका साथबाट ईजी २२१६१७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
