
बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री ओलीसहितको टोली रसुवा जाँदै
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी उच्च प्रतिनिधिहरू रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत अवलोकन गर्न मंगलबार रसुवा जाने भएका छन्।
प्रधानमन्त्रीसँगै गृहमन्त्री रमेश लेखक लगायतको टोली प्रभावित क्षेत्र निरीक्षण गर्न जाँदैछ। गृहमन्त्री लेखकले रसुवामा ठूलो क्षति भएको जानकारी दिँदै, स्थलगत निरीक्षणपछि आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्ने बताए।
भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाउनुका साथै हालसम्म १८ जना बेपत्ता भएका छन्।



कागजपत्र |
