
पर्यटन राज्यमन्त्री चौधरीले ५ बजे राजीनामा बुझाउने
काठमाडाैं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट संघीय सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी आज पदबाट राजीनामा दिन लागेका छन् ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउने छन् ।
शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै नाउपाले प्रतिपक्षमा बस्ने घोषणा गरेको हो ।



कागजपत्र |
