
चितवनमा कपडा पसलबाट चोरी गर्ने दुई महिला पक्राउ
चितवन- चितवनको भरतपुर महानगरपालिका–१, नारायणगढस्थित एक कपडा पसलबाट चोरी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्।
शनिबार साँझ करिब ६ बजे हङकङ बजारमा रहेको बिक्स राइडर नामक कपडा पसलबाट चोरी गरी फरार भएका दुई महिलालाई पसल सञ्चालकले राति करिब ९:३० बजे नियन्त्रणमा लिई प्रहरीको जिम्मा दिएका थिए।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अन्जु प्रजा र भरतपुर–२६, दिव्यनगर बस्ने ३८ वर्षीया बालकुमारी महतो रहेका छन्।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



कागजपत्र |
