
३० वर्षीया विवाहित महिला र २० वर्षका युवक रोमान्स गर्दागर्दै समातिएपछि…
सहरसा (बिहार) – भारतको बिहार राज्यस्थित सहरसाको बैजनाथपुर क्षेत्रबाट एक अचम्मको घटना सार्वजनिक भएको छ। गाउँलेहरूले एक विवाहित महिलालाई अर्का युवकसँग भेटिएको भन्दै सार्वजनिक रूपमै सिन्दूर धुलाएर युवकसँग विवाह गराएका छन्। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ।
महिला बैजनाथपुर क्षेत्रको वार्ड नम्बर २२ निवासी राकेश कुमार मेहताको पत्नी ३० वर्षीया आरती कुमारी हुन्। उनको विवाह १० वर्षअघि भएको थियो र उनका ७ तथा ९ वर्षका दुई छोराहरू छन्।
आरतीका अनुसार करिब ८ दिनअघि पति–पत्नीबीच घरायसी विवाद भएको थियो। उनका श्रीमान तिरीस्थित लर्ड बुद्ध मेडिकल कलेज अगाडि चिया–नास्ताको पसल चलाउँछन्। सोही कलेजको क्यान्टिनमा काम गर्ने झारखण्ड, राँचीका २० वर्षीय बाबुल मुखर्जीसँग आरतीको चिनजान भएको बताइएको छ।
घटनाका अनुसार विवाहिता महिलाको पहिले देखिनै गाउँमा एक युवकसँग प्रेम सम्बन्ध रहेको शंका गरिँदै आएको थियो। अन्ततः उनीहरू एक दिन एक कोठामा आपत्तिजनक अवस्थामा भेटिए। गाउँले र छिमेकीहरूले उनीहरूलाई रंगेहात समाते र कुटपिट गरे।
महिलाको पति समेत त्यही समयमा घटनास्थलमा आइपुगेका थिए। पत्नीलाई यस्तो अवस्थामा देख्दा उनी भावविह्वल भए, तर उनले कुनै हंगामा गरेनन्। बरु गाउँका अगुवा र पंचायतको उपस्थितिमा उनले पत्नीको सिन्दूर आफैंले पानीले पुछिदिए र प्रेमीसँग उनको विवाह गराइदिए।
समाजका अगुवा र पंचायतले गरे समर्थन
घटनास्थलमा रहेका समाजका अगुवा र गाउँका मान्यजनहरूले पनि पतिद्वारा लिइएको निर्णयको समर्थन गरे। उनीहरूले भने, “जब कुनै सम्बन्धमा भावनात्मक नाता बाँकी रहँदैन, तब जबरजस्ती सम्बन्धमा बाँध्न खोज्नु व्यर्थ हुन्छ।”
महिलाले पनि खुलेर प्रेमीसँग बस्ने इच्छा व्यक्त गरेकी थिइन्।



कागजपत्र |
