
धनुषामा ससुराको हत्या गरी ज्वाइँ फरार
धनुषा- धनुषाको जनकपुरधामस्थित हनुमाननगरमा बुधबार बिहान ससुराको हत्या गरी ज्वाइँ फरार भएका छन्। ७० वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिएका छन्।
हत्याको आरोप विमलका ज्वाइँ बेचन महासेठमाथि लागेको छ। बुधवार बिहान करिब ९ बजेतिर महासेठ ससुराको घर पुगेका र चक्कु प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट हत्या प्रयुक्त चक्कु पनि बरामद गरिएको छ।
चक्कु प्रहार भएपछि अन्दाजी १५ वर्षीय नातिले तत्कालै उनलाई अस्पताल पुर्याउने प्रयास गरेका थिए। जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
हत्या हुनुको कारण खुल्न नसकेको भए पनि घटना योजनाबद्ध भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरी अनुसन्धान अगाडि बढिरहेको छ।



कागजपत्र |
