सुधारगृहबाट हाम फालेका युवकको मृत्यु


काठमाडौं — सुधार गृहबाट हाम फालेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुरको ठैवमा सञ्चािलत संगिनी वृहत सुधार गृहको दुई तले भवनको छतबाट हामफालेका २९ वर्षीय सोनु राईको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

सुनसरीको रेल्टीचौरका राई ठैवमा राज कुमार गुरुङले सञ्चालन गरेको सुधार गृहमा १३ दिनअघि मात्रै भर्ना भएका थिए ।

मंगलबार बिहान छतबाट हामफालेपछि उनलाई सुरुमा मेडिसिटी अस्पताल र त्यसपछि पाटन अस्पतालमा लगिएको जनाइएको छ । त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया