
साइबर ब्युरो पुगिन् एलिना चौहान
काठमाडौं – गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध अमर्यादित कमेन्ट गर्ने चारजनामाथि साइबर ब्युरोमा निवेदन दिएकी छन्। उनले फेसबुक र अन्य प्लेटफर्ममा आपत्तिजनक टिप्पणी गर्नेविरुद्ध कानुनी कारबाही मागेकी छन्।
एलिनाले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै अभियान पनि चलाइरहेकी छन्। उनले माफी माग्नेहरूलाई माफी दिएकी भए पनि सुधार नआएकोलाई कानुनको सहारा लिने बताइन्।
यस अभियानमा अन्य कलाकार र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन्। एलिना र समीक्षाले मानसिक दबाब र तनावका कारण १० दिन ब्रेक लिएर यो अभियान सुरु गरेको जानकारी दिइन्।



कागजपत्र |
