मोरङमा बालिकाको शव फेला


मोरङ- मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीया आत्तिका सरदारको शव फेला परेको हो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ ।

बुबाआमासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे राति बेपत्ता भएपछि बिहान करिब ५ बजे प्रहरीलाई खबर गरेका थिए ।

शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर खेतबारीमा बालिकाको शव फेला परेको थियो ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए ।

प्रतिक्रिया