‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन


काठमाडौं – रिमेक गीत ‘काँटा लगा’बाट चर्चित भएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।

मिडिया रिपोर्टअनुसार जुन २७ को राति उनलाई हृदयघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो ।

मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ । फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन भइरहेको छ । साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेशनमा सोधपुछ गरिएको छ ।

शेफालीले सन् २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन् । सन् २००९ मा दुवैको सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन् ।

शेफालीले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडिओबाट आफ्नो करिअर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो । यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो ।

प्रतिक्रिया