ओली–लेखकविरुद्ध टिकटकमा गाली गरेको आरोपमा पक्राउ परेकी रमा धरौटीमा रिहा


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध टिकटकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार विद्युतीय कारोबारसम्बन्धी कसूरमा उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

बस्नेतलाई नेपाल प्रहरीले असार १ गते विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा पक्राउ गरेको थियो। उनले टिकटकमा प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित सत्तारूढ दलका नेताहरूलाई लक्षित गर्दै गाली गलौजपूर्ण सामग्री पोस्ट गरेकी थिइन्।

 

प्रतिक्रिया