
सेफ्टिक ट्यांकमा डुबेर २ नाबालकले गुमाए ज्यान
रौतहट – चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टिक ट्यांकमा डुबेर मृत्यु भएको छ ।
मंगलबार राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।
मंगलबार साँझ दुवै बालबालिका स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टिक ट्यांकमा डुबेका थिए ।
दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।



कागजपत्र |
