
सईसहित यी २३ प्रहरी ‘बेपत्ता’, ७ दिनभित्र सम्पर्कमा आउन हेडक्वार्टरको ताकेता
काठमाडौं – प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कमा नरहेका २३ जना कर्मचारीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रधान कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार विभिन्न कार्यालयमा खटिएका प्रहरी जवानदेखि प्रहरी नायब निरिक्षक (सई) सम्मका कर्मचारीहरुलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन ताकेता गरिएको हो ।
प्रहरी नियमावलीअनुसार यदि ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएको खण्डमा सेवाबाटै हटाउने प्रधान कार्यालयले जनाएको छ ।
सूचनाः



कागजपत्र |
