
झापामा २८ वर्षीया युवतीमाथि बलात्कार, २३ वर्षीय युवक नियन्त्रणमा
झापा- झापाको कचनकवल गाउँपालिकामा २८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति कचनकवल–६ पल्लाबारीका २३ वर्षीय हरदेव यादव हुन्। उनलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
युवतीले यादवले आफूमाथि जबर्जस्ती करणी गरेको उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु भएको हो। हाल घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



कागजपत्र |
