कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो


काठमाडाैं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक दिन पछि सरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी विशेष कारणवश गरी केन्द्रीय समिति बैठक एक दिनपछि सरेको जानकारी दिएका हुन् । उनका अनुसार केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा १६ असारको दिउँसो १ बजे बस्नेछ ।

कांग्रेसले यसअघि १५ असारको दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

प्रतिक्रिया