म्यासेन्जरमा अश्लील कुराकानी गरी स्क्रिन रेकर्ड गर्ने युवक धादिङबाट पक्राउ


काठमाडौं — सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

साइबर अपराध अनुसन्धानमा खटिएको नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार भारतको बिहार, सुनलपट्टीका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेँशी नगरपालिका, खानी खोला क्षेत्रबाट पक्राउ गरिएको हो।

उनी फेसबुकमार्फत एक महिलासँग मित्रता गरी म्यासेन्जरमा अश्लील कुराकानी गर्दै तस्बिर तथा भिडिओ स्क्रिन रेकर्ड गर्ने गर्थे। त्यसपछि उनले फेक अकाउन्ट बनाएर ती सामग्री पीडित महिलाको परिवारका सदस्यहरूलाई पठाउँथे, जसबाट चरित्र हत्या हुने कार्य भएको साइबर ब्युरोका प्रमुख एसपी दिपकराज अवस्थीले जानकारी दिए।

हाल उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

प्रतिक्रिया