


विराटनगरमा मोबाइल लुटपाट गरी फिरौती माग्ने तीनजना पक्राउ

विराटनगर – मोबाइल लुटेर फिरौती रकम माग गरेको आरोपमा विराटनगरबाट तीन युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार, घटनामा भारतीय नागरिकको संलग्नता पनि पुष्टि भएको छ।
पक्राउ पर्नेहरूमा विराटनगर–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार रहेका छन्। उनीहरूले एक भारतीय नागरिकसँग मिलेर मोबाइल लुटी पीडितसँग फिरौती मागेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न भारतको २२ वर्षीय गोलु सिंह भने फरार छन्। उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

