१० वर्षअघि डिभी परेर अमेरिका गएका नेपाली पनि देशनिकाला, किन ?


काठमाडौं — डाइभर्सिटी भिसा (डिभी)मार्फत करिब १० वर्षअघि अमेरिका गएका एक नेपालीलाई अमेरिकाबाट देशनिकाला गरिएको छ। उनीसहित ३७ जना नेपालीलाई आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएको अध्यागमन कार्यालयले जनाएको छ।

स्रोतका अनुसार टेक्सास राज्यमा आफन्तसँग बस्दै आएका ती व्यक्ति काठमाडौं स्थायी बासिन्दा हुन्। परिवारभित्रको विवादका कारण उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि गरिएको अनुसन्धानपछि अमेरिकाको कानुनी प्रक्रिया पूरा गरी उनलाई देशनिकाला गरिएको बताइएको छ।

उनी डिभी परेर कानुनी बाटो हुँदै अमेरिका पुगेका थिए। तर, कानुनी मुद्दाका कारण उनले बसोबास अनुमति गुमाएपछि उनलाई अन्य गैरकानुनी आप्रवासीहरूसँगै देशनिकाला गरिएको हो।

प्रतिक्रिया