


विष्णुप्रसाद बने महानगरका नयाँ नगर प्रहरी प्रमुख

काठमाडौं – काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।
जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । जोशीले यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा पनि नगर प्रहरी प्रमुखको भूमिका निर्वाह गरिसकेका छन्

