काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित


काठमाडौं-  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको आदेशमा उनलाई निलम्बन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेसँग स्पष्टीकरण मागिएको थियो । तर, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदेखिएपछि उनलाई निलम्बन गरिएको महानगर स्रोतले जनाएको छ ।

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति समेत बनाइएको छ ।

प्रतिक्रिया