
बहु–विवाह मुद्दामा फरार भएकी मञ्जु रोकाया पक्राउ
बाजुरा — बहु–बिवाहको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएकी बाजुराकी मञ्जु रोकाया पक्राउ परेकी छन्।
गौमुल गाउँपालिका–१, अमलेस बस्ने २७ वर्षीया रोकायालाई जिल्ला अदालत बाजुराले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेकी मञ्जुलाई इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले शनिबार आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गर्ने तयारी गरिएको छ।



कागजपत्र |
