

क्यानडा लैजाने भन्दै ७ लाख ठग्ने सम्झना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका-५ घर भई हाल काठमाडौं, टोखामा बस्ने ३४ वर्षीया सम्झना राई रहेकी छिन् ।
उनले एक जनालाई रोजगारीका लागि क्यानडा लैजाने भनेर सात लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहिन भएकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेठ १२ गते पक्राउ गरेको हो।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

