

१४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ६१ वर्षीय गंगाराम कोली पक्राउ

डोटी- १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा डोटीको दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ साल फागुन १४ गते राति ११ बजे नारीदाङमा आयोजित शिवरात्री मेलामा गएकी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको हो।
यद्यपि घटना फागुन महिनाको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्र प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी परेपछि कोली भारततर्फ भाग्ने तयारीमा थिए। तर, प्रहरीले उनलाई कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट सोमबार बिहान पक्राउ गर्न सफल भएको हो।
प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार कोलीलाई नियन्त्रणमा लिएर आजै डोटी ल्याउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

