

यीनै दुई हुन् घर भाडामा लिएर आठ युवतीलाई यौनकर्ममा लगाउनेहरू

झापा– झापाको दमकमा महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको प्रहरीले जनाएको छ।

