राप्रपा कार्यकर्ता सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश


काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न बुधबार आदेश दिएको छ ।

केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सामाजिक फेसबुकमा स्टाटस लेखेर सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको आलोचना गरेको भन्दै केसीलाई साइबर अपराध आरोपमा पक्राउ गरिएको थियो ।

त्यसपछि आफूलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित उनी सर्वोच्च पुगेका थिए । केसीकोतर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले केसीलाई राहत दिएको हो ।

प्रतिक्रिया