

अनलाइन जुवा खेलाउने आमा-छोरी पक्राउ

झापा- झापामा अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले छापा मारेर उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद गरेको थियो । पक्राउ परेका आमाछोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेको जनाइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

