गाैशालामा एउटै बसले हान्याे ८ वटा सवारी, १५ जना घाइते


काठमाडौं — काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको यात्रुबहाक बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् ।

बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् । त्यसबाहेक अन्य १२ जना पनि घाइते भएको जनाइएको छ ।

 

ठोक्किएका सवारीको विवरण

१) बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)

२) बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)

३) बा.प्र-०१-०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)

४) B AC ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती)

५) बा १६ च ४४५२ नं को कार, (चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)

६) प्र-२-०१-००३ प १००५ नं को मो.सा, (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)

७) बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ)

८) बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)

 

प्रतिक्रिया