
प्रहरी जवान चन्द्रिकाले सडकमै सुत्केरी गराएपछि…
कैलाली – कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाले प्रहरीको सहयोगमा सुरक्षित रुपमा सन्तान जन्माएकी छन् ।
इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई सडकछेउमा व्यथा लागेको अवस्थामा देखेपछि तत्काल मानवीय पहल गर्दै उद्धार गरेकी हुन् ।
देउवाले स्थानीय बासिन्दाको सहयोगमा ती महिलालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सफलतापूर्वक प्रसूति गराउन मद्दत गरिन् ।
प्रसूति सम्पन्न भएपछि देउवाले आमालाई नवजात शिशुसहित आफैं पद्मा अस्पताल, अत्तरियासम्म पुर्याएकी थिइन्। अस्पताल स्रोतका अनुसार हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
प्रहरी जवान देउवाले देखाएको मानवीयता र सक्रियताको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।



कागजपत्र |
