आर्थिक अपराध नियन्त्रणका लागि प्रहरीकाे छुट्टै महाशाखा, एसएसपी बोगटी प्रमुख


काठमाडौं- आर्थिक अपराध बढेपछि नेपाल प्रहरीले विशेष इकाइ ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरेको छ।

प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, यो इकाइ १७ वैशाखदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। हाल एसएसपी होबिन्द्र बोगटी प्रमुख रहेको इकाइमा १९ जना प्रहरी खटिएका छन्।

हाल महाशाखा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मातहत रहेको छ भने कार्यालस पनि लाजिम्पाटस्थित सीआइबी भवनमै सञ्चालनमा छ।

अहिलेसम्म पूर्ण संरचना (ओएनडएम) र दरबन्दी टुंगो लाग्न बाँकी छ। प्रवक्ता थापाका अनुसार, बजेट र दरबन्दी स्वीकृत भएपछि महाशाखा अलग्गै कार्यालयसहित सञ्चालनमा आउनेछ।

महाशाखाले राजस्व अनुसन्धान विभाग, कर कार्यालयलगायतसँग समन्वय गर्दै आर्थिक अपराध अनुसन्धान गर्नेछ।

प्रतिक्रिया