

रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु [नामसहित]

काठमाडौं — युक्रेनसँग जारी युद्धमा रुसी सेनाको पक्षमा लडिरहेका थप २३ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक पुष्टि भएका मृतकहरूमध्ये अधिकांश एक वर्षभन्दा लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।
योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ। हालसम्म बेपत्ता भएका र पहिचान खुल्न बाँकी ५० जनाको डीएनए परीक्षण रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
मृतकहरूमध्ये १३ जनाको स्थायी ठेगाना खुलेको छ।
- नवलपरासीका हेमकुमार मगर
- दार्चुलाका ललितसिंह डोबल
- सल्यानका ताराप्रकाश घर्ती
- संखुवासभाका रामकृष्ण अधिकारी
- कास्कीका गीतबहादुर घर्तीमगर
- बागलुङका मख्खनबहादुर पुन
- मकवानपुरका रामकुमार प्रधान
- मोरङका रोनल मिश्र
- प्यूठानका भीमबहादुर घर्तीमगर
- म्याग्दीका छमबहादुर घर्ती
- बैतडीका अर्जुनदत्त भट्ट
- सुर्खेतका सुजन शर्मा
- रुकुम पश्चिमका रामकुमार बुढामगर
त्यसैगरी, ठेगाना नखुलेका अन्य १० जना मृतकको नाम यसप्रकार छन् —
- लरबहादुर बुढा
- नेत्रबहादुर थापा
- विकास राई
- रूपक राई
- महेन्द्र मल्ल
- अशोक जीसी
- अमृत थापा आलेमगर
- उदयराज थारू
- प्रितम राई
- प्रेमबहादुर लुंगेलीमगर
हालसम्म रुसले आफ्नो सेनामा कति नेपाली सहभागी छन् भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन। तर विभिन्न माध्यमका अनुसार कम्तीमा १५ सय नेपालीले रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ।

