पूर्वमन्त्री प्रदीप नेपालको निधन


काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो ।

पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

प्रतिक्रिया