पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था नाजुक


काठमाडौं- लामो समयदेखि पार्किन्सन रोगसँग जुझिरहेका पूर्वमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाललाई हाल आइसीयूमा राखिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ र चिकित्सकहरूको विशेष निगरानीमा राखिएको छ।

विगत केही वर्षयता राजनीतिबाट टाढा रहँदै आएका नेपाल पार्टीका एक चिन्तनशील र सादा जीवनशैलीका नेताका रूपमा चिनिन्छन्। उनी लामो समयदेखि पार्किन्सनजस्ता जटिल रोगसँग जुझिरहेका थिए, जसका कारण सार्वजनिक गतिविधिमा पनि उनी सहभागी हुन छाडेका थिए।

प्रतिक्रिया