

पाण्डे बने ‘भ्वाइस अफ नेपाल’को बिजेता

काठमाडौं – सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे शुक्रबार राति आयोजित फिनालेमा विजेता घोषित भए ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बन्न सफल भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १र१ लाख रुपैयाँ प्राप्त गरे ।

