

रेशम चौधरी पक्राउ

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

