

पुनरावलोकन निवेदन दिएपछि प्रचण्डले भने– अप्राकृतिक फैसला अदालतले सच्याउने विश्वास छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले २३ फागुनमा सुनाएको फैसला पुनरावलोकन गर्ने विश्वास लागेको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतमा पुगेका प्रचण्डले नेकपा पार्टी नामको विवाद मात्र रहेको तर फैसला आउँदा पुराना पार्टी नै ब्युँताउने राजनीतिक फैसला सच्चिनुपर्ने बताए।
यसअघिका कतिपय फैसलामा पुनरावलोकन भएको बताउँदै उनले सञ्चारकर्मीसँग भने,‘रिट निवेदनकले नामको विषयमा मात्र मुद्दा हालेको, एकता नै भंग होस् भन्ने मनसाय नराखेका कारणले यो सिच्चन्छ, चाँडो पुनरावलोकन हुनेछ।’

