पुनरावलोकन निवेदन बुझाउँदै प्रचण्डले भने-अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ (पूर्णपाठसहित)


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलामा चित्त नबुझेको भन्दै आज पुनरावलोकनको निवेदन पेस गरेका छन् ।

अध्यक्ष प्रचण्ड आफै सर्वोच्च अदालतमा पुगेर पुनरावलोकनको निवेदन पेस गरेका हुन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएपछि पत्रकारहरुसँग भने ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ ।’

अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डले बताए ।

 

प्रतिक्रिया