सर्लाहीमा जेठाजुले गरे बुहारीको हत्या


सर्लाही- सर्लाहीको बिष्णु गाउँपालिका- ३, मधुवन गोठमा ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानकी ३५ वर्षीया श्रीमती रेनु पासवानको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

आइतबार दिउँसो घरायसी विवादको क्रममा साहेबले अचानक धारिलो हतियार निकालेर रेनुको हात, मुख र घाँटीमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिँदै घटनामा संलग्न साहेबलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए। रेनुको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया