

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला- सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट युवराज सुवेदीका अनुसार नेपाल–भारत सीमा नजिकैको क्षेत्र उत्तराखण्ड प्रदेशको सुवा भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाइएको छ ।

