

कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काठमाडाैं- भारतको खिरी जिल्लाको खुटारमा भएको दुर्घटनामा नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’सहित उनका परिवारका ६ सदस्य घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये शाहसहित तीन जनालाई उपचारको लागि शाहजहाँपुर लगिएको छ । तीन जनालाई धनगढी ल्याइँदैछ।
शाह परिवार दिल्ली जाँदै गर्दा आज बिहान खुटारमा उनका गाडी र बसको ठक्कर हुँदा गाडी पुरै क्षतिग्रस्त भएको थियो। दुर्घटनापछि घाइते शाह र उनका परिवारका सदस्यलाई खुटारको सरकारी अस्पतालमा प्राथमिक उपचार दिइएको थियो । त्यसपछि उनीहरूलाई शाहजहाँपुर पठाइएको छ।
शाहको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ । गाडीमा शाहसहित उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाइँ सवार थिए।

