सङ्खुवासभामा अज्ञात समूहको आक्रमणमा वृद्धको मृत्यु, आरोपितहरू फरार


सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणमा ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको छ।

गएराति १२:३० बजे कुमाललाई दुई व्यक्तिले घाँटी थिचेर गम्भीर घाइते बनाएका थिए। घटनास्थलमा पुगेकी श्रीमती सुनामाया कुमालले छिमेकीलाई खबर गरेपछि उनीहरूले कुमाललाई अस्पताल ल्याउने प्रयास गरेका थिए, तर उनकाे मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर पनि ल्याइएको छ। प्रहरी टोलीले फरार आरोपीहरूको खोजी गर्दै सबै नाका सिल गरेको जनाएको छ। मृतक कुमाल आफ्नी श्रीमतीसँग बस्दै थिए ।  उनका दुई छोरा विदेशमा छन्।

घटनाकाे कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया