

रुखबाट खसेर कैलालीमा एक जनाको मृत्यु

धनगढी – कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
उनकाअनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

