गभर्नर नियुक्तिमा ‘डिल’ गरेपछि तामाङ बर्खास्त भएका हुन् : महेश बस्नेत


काठमाडौं – सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँ बराबरको आर्थिक ‘डिल’ गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री तामाङलाई पदमुक्त गरेपछि बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त दाबी सार्वजनिक गरेका हुन्।

उनका अनुसार गभर्नर नियुक्तिसम्बन्धी आर्थिक लेनदेनको प्रमाण फेला परेपछि प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका हुन्। बस्नेतले तामाङले नेपाली कांग्रेस रामेछाप सभापतिको हैसियतमा पदको दुरुपयोग गरी विभिन्न विकास योजनामा अनियमितता गरेको आरोप पनि लगाएका छन्।

उनले तामाङको नाममा २० भन्दा बढी योजना कालोसूचीमा परेको दाबी गर्दै, विभिन्न ठेक्का प्रक्रियामा मिलेमतो र अनियमितता भएको उल्लेख गरेका छन्। साथै, उनले कुलमान घिसिङसँग मिलेर अर्बौं रुपैयाँको ठेक्कामा सेटिङ मिलाएको आरोप समेत लगाएका छन्।

यस विषयमा राज्यमन्त्री तामाङ वा नेपाली कांग्रेसको औपचारिक प्रतिक्रिया भने आइनसकेको छैन।

 

 

प्रतिक्रिया